अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ बुधबार उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन्।
राष्ट्रपति डोलान्ड जे ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ताका लागि उनी प्योङयाङ पुगेको बताइएको छ।
उत्तर कोरियाली नेता किमले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेर फर्किएको अर्को दिन अमेरिकी विदेश मन्त्री उत्तर कोरिया गएका हुन्।
उनको भ्रमणबारे थप खुलाइएको छैन। दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले पम्पेओ उत्तर कोरियाले हिरासतमा राखेका तीन जना अमेरिकी नागरिकलाई सँगै ल्याएर फर्कने जनाएको छ।
यसअघि उनी अप्रिल पहिलो साता पम्पेओ प्योङयाङ गएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच छिटै शिखर वार्ता गर्ने तयारी भइरहेको छ।