कर्णाली प्रदेशको दोस्रो अधिवेशनको पहिलो संसद् वैठकमा चारवटा विधेयक टेवुल गरिएको छ । वैठकमा प्रदेशसभा नियमावलीको धारा १०५ बमोजिम विभिन्न विधेयक टेबुल गरिएको हो ।
वैठकमा सामाजिक विकास मन्त्रालयका तर्फबाट मन्त्री दल रावलले ‘सामाजिक संघसंस्थाको दर्ता एवम् सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५’ टेबुल गरेका छन् ।
यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयका तर्फबाट मन्त्री नरेश भण्डारीले ‘कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवाका शर्तसम्बन्धी कानून तर्जुमा गर्न बनेको विधेयक–२०७४’ र ‘सार्वजनिक लिखत प्रमाणीकरण गर्न बनेको विधेयक–२०७५’, ‘गाउँसभा-नगरसभाका कानून निर्माण व्यवस्थित गर्न बनेको विधेयक–२०७५’ टेबुल गरेका हुन् ।