सरकारले आयकरको दरमा हेरफेर गरेको छ। आगामी वर्षका लागि आर्थिक विध्येकमार्फत् आयकरको दायरा सरकारले बढाउने प्रस्ताव गरेको छ। आज संघीय संसदमा प्रस्तुत उक्त विध्येकमा व्याक्तिगत आयकरमा यसअघिको १५ र २५ प्रतिशतलाई परिवर्तन गरेर १०, २० र ३० प्रतिशत बनाएको छ।
प्रस्तावित दरअनुसार अवदेखि कुनै पनि प्राकृतिक व्यक्तिले एक वर्षमा ३ लाख ५० हजार रोजगारीको आय भएमा १ प्रतिशतमात्र आय कर लाग्ने छ।
३ लाख पचास हजारदेखि ४ लाख ५० हजारसम्म कमाएको व्यक्तिले ३ लाख पचास हजारको १ प्रतिशत र त्यसमाथिको करयोग्य आयमा १० प्रतिशत आयकर लाग्नेछ।
४ लाख ५० हर माथिको कर योग्य आयमा अबदेखि २० प्रतिशत कर लाग्ने छ। यसमा ४ लाख पचासहजारसम्म १३ हजार ५ सय कर लाग्ने छ भने त्यसमाथिको रकममा २० प्रतिशत लाग्ने प्रस्ताव गरिएको छ।
६ लाख ५० हजार माथि कमाउनेले वर्षमा २० लाखसम्मको आम्दानी गर्दा ३० प्रतिशत कर लाग्नेछ। यसमा ६ लाख ५० हजारसम्म कमाउनेलाई २० प्रतिशत लाग्ने छ भने त्यसमाथिको रकमका ३० प्रतिशत लाग्नेछ।
त्यस्तै २० लाख माथिको आय हुने सबैलाई २० प्रतिशत थप कर लाग्नेछ।