प्रधानमन्त्री केपी ओलीले चौथो पटक मन्त्रिपरिषद विस्तार गर्दै दुई उपप्रधानमन्त्री, १८ मन्त्री र ३ राज्यमन्त्रीसहित २४ सदस्यीय मन्त्रिपरिषद बनाएका छन्।
ओली नेतृत्वको सरकारमा रक्षा मन्त्री ईश्वर पोखरेल र संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको हो भने यादवलाई आजै उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रीमा नियुक्त गरिएको हो।
वरीयतामा यादव तेस्रोमा रहेका छन्। यादव यसअघि २०६५ सालमा परराष्ट्र तथा उपप्रधानमन्त्री भएका थिए।
त्यसैगरी संघीय समाजवादी फोरम, नेपालबाट सहरी विकास मन्त्रीमा मोहम्मद इस्तियाक राईनलाई नियुक्त गरिएको छ। त्यसैगरी प्रधानमन्त्री ओलीले संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटालाई पनि सोही मन्त्रालयको मन्त्रीमा बढुवा गरेका छन्।
नवनियुक्त मन्त्रीद्धय राई र बाँस्कोटाले पनि राष्ट्रपति भण्डारीबाट सपथ लिएका छन्।
राष्ट्रपति भवन सितल निवासमा आयोजित सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो।
यस्तो छ विस्तारित ओली मन्त्रिपरिषद