राष्ट्रिय जनता पार्टी नेपाल राजपाले निर्वाचन आयोगलाई ६ महिनाभित्र महाधिवेशन गर्न समय थपि दिन आग्रह गर्ने भएको छ।
शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले महाधिवेशनको समयसीमा १ महिनाबाट बढाएर ६ महिना बनाइदिन आग्रह गर्ने निर्णय गरेको राजपा नेता केशव झाले सेतोपाटीलाई जानकारी दिए।
‘तयारी केही पनि नभएकाले एक महिनाभित्र महाधिवेशन सम्भव छैन। त्यसैले महाधिबेशनको समयसीमा ६ महिना बनाउन आयोगलाई आग्रह गर्ने निर्णय भएको छ,’ उनले भने।
आयोगले बिहिबार एक महिनाभित्र महाधिवेशन गरेको जानकारी पठाउन राजपालाई पत्र लेखेको थियो।