भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारत गएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवाली शुक्रबार बिहान पौन १० बजे भारत गएका हुन्।
भारतीय जनता पार्टीका संस्थापक वाजपेयीको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको थियो।
उनको अन्त्येष्टिमा सहभागी भएर ज्ञवाली शनिबार स्वदेश फर्कने कार्यक्रम छ।
यसअघि २०७२मा पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको अन्त्येष्टिमा सहभागी हुन भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपाल आएकी थिइन्।