जनाताका गुनासो सुन्न गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेलो मुख्य मन्त्री कल सेन्टर शुरु गरेको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्वा गुरूङले सोमबार सेन्टरको उद्घाटन गरे। सर्वसाधारणका गुनासोलाई व्यवस्थित संकलन गरेर सम्बोधन गर्न प्रदेश सरकारले कल सेन्टर सुरू गरिएको हो। सर्वसाधरणले टेलिफोन, इमेल, मोवाइल एप्स र वेभ साइडमा गएर सिधै प्रश्न गर्न सक्नेछन्।
हेलो मुख्यमन्त्री कक्षालाई तत्काल गुनासो सम्बन्धित निकायमा पुर्याई सम्बोधन गर्नका लागि कल सेन्टर शुरु गरिएको मुख्य गुरुङले बताए । उनले हेल्लो मुख्यमन्त्री कक्षमा आउने जनताका गुनासालाई तत्काल सम्बोधन गर्ने मुख्य गुरूङको भनाई छ।
गुनासोमा पोखराका कृष्ण पौडेल र उपेन्द्र पौडेलले पर्यटकको बसाँई लम्बाउन र फेवातालको संरक्षणका लागि के गर्दै हुनुहुन्छ भनेर मुख्यमन्त्री गुरुङलाई सोधेका थिए । जवाफमा मुख्यमन्त्री गुरुङले फेवातालको संरक्षण, पर्यटकको बसाँई लम्बाउन पर्यटन प्रर्वद्धनका कार्यक्रमहरु सञ्चालन गर्ने बताए ।
बिहान १० बजेदेखि अपराहृन ५ बजेसम्म कर्मचारी बसेर गुनासो टिपाउन सक्नेछन् । सर्वसाधरणले नेपाल टेलिकमको टोल फ्री नम्बर १०९४ मा फोन गरेर आफ्ना गुनासाहरु हेल्लो मुख्यमन्त्री कक्षमा टिपाउन पाउने छन् । भने उक्त गुनासाहरु तत्काल सम्बन्धीत निकायहरुमा पठाई छिटो भन्दा छिटो गुनासाहरु समाधान गर्ने मुख्यमन्त्रीले बताए ।
गुनासाहरु टिपाउनका लाागि एन्ड्रोइड मोवाइल प्रयोगकर्ताहरुले Hello CM Android App डाउनलोड गरि सोही APP मार्फत पनि गुनासाहरु टिपाउन सकिने छ। भने Hellocm.gandaki.gov.np मा गएर पनि गुनासाहरु टिपाउन सकिने सो अवसरमा जानकारी दिइएको छ।
यस्तै मुख्यमन्त्री कार्यालयको इमेल [email protected] मा इमेल गरेर पनि गुनासाहरु टिपाउन सकिन्छ । फोनबाट भने कार्यालय समयमात्रै गुनासाहरु टिपाउन सकिने जनाइएको छ।