प्रदेश दुईका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले वन मन्त्रालयका सचिव विद्यानाथ झा डिप्रेसनको बिरामी रहेको बताएका छन्।
आइतबार दिउँसो मन्त्री यादवको कार्यकक्षमा भएको झापड काण्डबारे सेतोपाटीसँग कुरा गर्दै मन्त्री यादवले सचिव झासँग भएको कुराकानीको क्रममा उनी डिप्रेसनमा रहेको भन्ने अनुभूति आफूले गरेको बताएका हुन्।
‘हिजो के भयो ती सबै कुरा गठित छानबिन समितिले छिट्टै बाहिर ल्याउने छ,' उनले भने,‘झासँग भएको कुराकानीको क्रममा उनी डिप्रेसनमा रहेको भन्ने मलाई अनुभूति भएको छ।’
यो पनि हेर्नुहोस्: