५ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसी (सोनाम) ले प्रदेशको स्थायी राजधानी घोषणा भएको दिन प्रदेशका सबै जनताले भव्य उत्सव मनाउने बताएका छन्।
बुधवार दाङको शान्तिनगर गाउँपालिकामा अध्यक्ष कप रनिङ सिल्ड प्रतियोगिता उद्घाटन गर्दै ५ नं. प्रदेशका १२ वटै जिल्लाका सबै जनताले भव्य उत्सवको रुपमा मनाउने गरि स्थानीय राजधानी तोक्ने तयारी भइरहेको बताए।
उनले ५ नं. प्रदेशको स्थायी मुकाम र नाम अरु सबै भन्दा सुन्दर बनाउने जिकिर गरे। गाउँपालिकाको केन्द्र बनाउँदा कस्को गाउँ र कस्को आँगन पर्छ भनेर कसैले पनि तानातान नगर्न आग्रह गरेका उनले प्रदेशको चालाढाला हालसम्म त्यस्तै रहेपनि स्थायी राजधानी घोषणा गर्दा १२ जिल्लामा मान्ने सदस्यहरु पठाउने बताए।
प्रदेशसभाले दिएको म्यान्डेट अनुसार स्थायी राजधानी र नामांकरणको लागि अध्यनगर्न प्रदेशका सबै जिल्लामा प्रतिनिधिहरु पुग्ने मन्त्री केसीले जानकारी दिए। ‘उहाँहरुलाई हामीले आगामी हप्तादेखि काममा पठाउँदै छौं,’ मन्त्री केसीले भने, ‘तर त्यसका लागि केही राजनीतिक दलहरु संग वार्ता र संवात भने गर्नुपर्ने भएको छ।’ शुक्रवारको सदन वाट प्रदेशको मुकाम कस्तो हुने, कहाँ हुने र नामांकरण के राख्ने भन्ने कुराको लागि प्रतिनिधिहरु पठाउन लागिएको कानुन मन्त्री केसीले जानकारी दिए।
प्रदेश सरकारले जिम्मा दिए अनुसार समितिका सदस्यहरुले त्यो काम गर्ने हुँदा त्यसलाई आफ्नो सम्पत्तिको रुपमा लिन चाहेको उनले स्पष्ट पारे । उनले कयौं मान्छेहरु यो प्रदेशमा ठूला ठूला आन्दोलन चाहेको, सडकहरु जामगर्न चाहेको भएपनि त्यो प्रदेश सरकारको विवेकले गर्दा हुन नपाएको दाबी गरे । कयौं मान्छेहरु प्रदेश राजधानीकै नारामा प्रेदशका जनता विभाजित गराउन खोजेको तथा प्रदेशका क्षेत्रहरु टुक्रा टुक्रा पार्न खोज्ने शक्तिहरु भएपनि ती परास्त भएको मन्त्री केसीले बताए।
उनले फरक आस्था राख्ने राजनीति पार्टीले यसलाई खेल्ने र राजनीति गर्ने माध्यम बनाउन खोजेको भन्दै असन्तुष्टि पोखे । ५ नं. प्रदेशको भविस्य संग ठूलो शक्ति केन्द्रहरु खेल्ने वातावरण नवनोस भनेर बढा सचेत हुनु आवश्यक रहेको मन्त्री केसीले बताए ।
‘यही बडे बडे दुईवटा अन्तराष्ट्रिय नाका छन् ५ वटा राष्ट्रिय गौरवका योजना संग जोडिएको प्रदेश हामीले प्राप्त गरेका छौं। त्यसैले हामी कसैले उक्साउँदै आन्दोलनमा उत्रनु हुँदैन,’ मन्त्री केसीले भने‘ यसलाई अलिकति कला पु¥यायो भने अरु प्रदेशलाई संवृद्धिका लागि जति कठिन छ हामीलाई त्यस्तो केही छैन।’ उनले ५ नं. प्रदेश भित्रका सम्पदाहरुलाई उचित रुपमा विकास गर्न सके नेपालकै सबैभन्दा संपन्न प्रदेशको रुपमा विकास गरिने सकिने धारणा राखे । ‘मिनी नेपालको रुपमा रहेको ५ नं.प्रदेशलाई विकासमा अरु प्रदेशले प्रतिपर्धा गर्न सक्ने अवस्था छैन,’ मन्त्री केसीले भने ।
उनले हालसालै प्रदेश सरकारले ठूलो गिफ्टको रुपमा त्यस्तो केही दिन नसकेको भएपनि प्रदेशका १०९ वटा तहलाई बहुउदेश्य सभाहल निर्माण गर्न दिएको तथा सबैलाई ३०÷३० लाख बजेट दिएर खेल मैदान बनाउन दिएको बताए । त्यस्तै उनले घोषणा पत्रमा उल्लेख गरेका सबै कुराहरु ५ बर्षभित्र जसरी पनि कार्यान्वय गर्ने दाबी गरे । बृद्ध भत्ता जसरी पनि ५ हजार पुगाउने उनले दृढता व्यक्त गरेका थिए ।