राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको लगातार दुई वटा विषयको प्रश्नपत्र बाहिरिएपछि छानबीन गर्न छानविन समिति गठन गरेको छ ।
प्रदेश दुईका शिक्षा निर्देशक रमाकान्त शर्माको नेतृत्वमा गठित ३ सदस्यीय छानबीन समिति गठन गरिएको हो।
हाल समिति र प्रदेश दुईका आन्तरिक मामिला तथा कानूनमन्त्री र सामाजिक विकास मन्त्री नवलकिशोर साहबीच छलफल जारी रहेको छ ।
छलफलमा शिक्षा निर्देशक शर्मासहित, मन्त्रालयका उपसचिव ठुलोबाबु दाहाल, कानूनमन्त्रालयका उपसचिव अरुणकुमार झा, जिल्ला प्रहरी कार्यालयका एसपी शेखर खनाल, सशस्त्रका एसपीसहितको सहभागिता रहेको छ ।
छलफलमा प्रदेश दुईका कानूमन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको राजिनामा मागेका छन् ।
कानूनमन्त्री यादवले भने ‘ एसईईको प्रश्नपत्र आउट हुनुमा प्रदेश सरकारको गल्ती नभई संघीय सरकारको गैरजिम्मेवारीपूर्ण रवैया हो, परीक्षा संघीय सरकारको सहकार्यमा भईरहेकोले शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ ।
बाहिरबाट प्रश्नपत्र आउट गरि यहाँ ल्याइएको दाबी गर्दै कानूनमन्त्री यादवले माध्यमिक यस घटनाको जाँच सिआईबीबाट गराउने बताएका छन्।