प्रदेश नं. ३ सरकारले घोषणा गरेको मुख्यमन्त्री जनता स्वस्थ्य परीक्षण कार्यत्रम जिल्ला अस्पताल चौतारामा शुरू गरिएको छ।
शुक्रबार प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले औपचारिक उद्घाटन गर्दै शुरूवात गरिएको अभियानमा पहिलो दिन २२ जनाको परीक्षण गरिएको हो।
प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयको पहलमा शुरू लागेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम ३ नं. प्रदेशका सिन्धुपाल्चोक सहित मकवानपुर, रामेछाप, भक्तपुर र धादिङ जिल्लामा सञ्चालन हुनेछ।
चौतारामा अभियानको शुरूवात गर्दै गर्दै प्रदेश सरकारका सामाजिक विकास मन्त्री दुलालले स्वास्थ्य नै सबैभन्दा अमूल्य धन भएकोले आफ्नो स्वास्थ्यको लागि सबैले सचेत हुनुपर्ने बताए। ‘नेपालजस्तो विकासोन्मुख मुलुकमा सबै जनता निरोगी छैनन्,’ मन्त्री दुलालले भने, ‘नियमीत स्वास्थ्य परीक्षण नगर्दा रोगले ठूलो रुप लिइसक्छ र पछि मात्रै उपचार गर्न जाँदा ठूलो मात्रामा धन खर्च भइ ज्यान नै समेत जाने गरेको हामीले भोगेका छौं।’
नियमित रुपमा स्वास्थ्य परीक्षण गरेमा रोगको शुरुवाती चरणमै उपचार गर्न सकिने र यसबाट धन र ज्यान दुवै जोगाउन सकिने मन्त्री दुलाललले बताए। स्वास्थ्य समाजको निर्माण गर्नको लागि र जटिल रोगहरुबाट बच्न नियमित स्वास्थ परिक्षण गर्नुपर्ने दुलालको धारणा छ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधिको सिफारिसमा अति गरिब, महिला, दलित र बिपन्नलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ। जिल्ला अस्पतालमा वडाको सिफारिस लिएर आउने अति विपन्न, दलित, जनजाति, लोपोन्पोमुख, सहिद परिवारलगायत द्धन्द पीडित नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ।
कार्यक्रम उद्घाटनकै दिन २२ जनाको स्वास्थ्य परीक्षणा गरिएको जिल्ला अस्पताल, चौताराकी प्रमुख डा. पोमावती थापाले बताइन्। ‘परीक्षण गरीएको मध्ये एक जनामा पित्तथैलीको पथ्थरी देखा परेको छ,’ डा. थापाले भनिन्, ‘त्यसको उपचार यहाँ नहुने भएकोले हामी उहाँलाई काठमाडौंको सूचिकृत अस्पतालमा रिफर गर्दैछौं।’
परीक्षण गरिएका व्यक्तिमा कुनै समस्या देखिएमा सम्भव भएसम्म चौतारा अस्पतालमै उपचार गरिने र चौतारामा उपचार नहुने रोगीलाई भने प्रदेश सरकारले सूचिकृत गरेको अस्पतालमा पठाइने छ।
उनीहरुको सबै उपचार निःशुल्क हुने पनि डा. थापाले बताइन्। रक्त परीक्षणको रिपोर्ट आएनसकेकोले केही व्यक्तिको रोग पत्ता नलागिसकेको र आइतबारबाट छुट्टै डेस्क स्थापना गरी पूर्ण क्षमतामा परीक्षण गरीने डा. थापाको भनाइ छ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सभापति कृष्णगोपाल तामाङ, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमान सिंह तामाङ, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवि चेमजोङलगायतले कार्यक्रम राम्रो योजनाका साथ शुरू गरीएकोले सफलताको लागि कामना गरे।
कार्यक्रमको पहिलो चरणको रुपमा असार मसान्तसम्मको लागि जिल्लाभरबाट दुई हजार जना लक्षित वर्गका व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिइएको छ।
साउनपछि भने सिफारिस विनै सबै जनताको स्वास्थ्य परीक्षण गरीने डा. थापाले बताइन्।