पोखराका दुई ठाउँमा बम भेटिएको छ । पोखराको न्युरोड र सृजनाचोक नजिकै शंकास्पद वस्तु भेटिएको हो ।
पोखराको सृजनाचोक र फिर्केचोकको विचमा एनसेलको कार्यालय नजिकै कुकर बम भेटिएको र त्यसलाई नेपाली सेनाको टोलीले निस्किय पार्न लागिरहेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार साझँ नै भेटिएको भएपनि रातीमा डिस्पोज गर्दा स्थानीय सशंकित हुने भन्दै अहिले विहान नेपाली सेनाको बम डिस्पोजल टोली आएको हो ।
एनसेलको कार्यालय नजिकै रहेको कुकुर बमलाई प्रहरीले राती देखिनै सुरक्षा दिएर राखेको थियो ।
त्यसै गरि पोखराको दरवारथोक मार्गमा रहेको इनोभेटीभ डेभलपमेण्ट एजुकेशन एकेडेमीको गेटमा झण्डा सहित शंकास्पद वस्तु भेटिएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले कार्यकर्ता हत्याको विरोधमा भन्दै सोमबार नेपाल बन्दको आवाहन गरेको हो।
सोही समुहले उक्त शंकास्पद वस्तु राखेको हुन सक्ने अनुमान प्रहरीको छ । आईडीइएको नजिकै रहेको बम जस्तो शंकास्पद बस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई बोलाएको छ ।
त्यसै गरि कास्की अन्नपुर्ण गाउँपालिकाको नौडाडामा पनि शंकास्पद बस्तु भेटिएको जानकारी प्रहरीले दिएको छ । स्थानीयले शंकास्पद बस्तु भेटिएको छ भनेर खबर गरेका छन् बम भएको नभएको अनुसन्धान हुदै गरेको बताएका छन् ।
बन्दका कारण पोखराबाट छुट्ने लामो तथा छोटो दुरीको सार्वजनिक यातायात संचालन भएका छैनन् । केही मात्रामा निजी सवारी साधन भने सञ्चालनमा आएका छन् । मुख्य बजारका पसलहरु, स्कुल, कलेज, उद्योग बन्द छन् ।