नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको ३८ औं जन्मजयन्ती मनाइएको छ।
राष्ट्रियसभामा आयोजित सोही अवसमा प्रकाश दाहाल प्रतिष्ठानले ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान’ कार्यक्रम समेत आयोजना गरेको छ।
प्रतिष्ठानले पाँच जना आरोहीलाई सम्मान गरेको छ। सम्मानित हुनेमा दक्षिण कोरियाका नागरिक गिल अम होङ, ज्ञानेन्द्रकुमार श्रेष्ठ, माया शेर्पा, आङसार्की शेर्पा र छिरिङ थुन्दो शेर्पा रहेका छन्।
प्रतिष्ठानकी अध्यक्ष प्रकाशकी जीवनसाथी एवं खानेपानी मन्त्री बिना मगर हुन्। प्रकाश अध्यक्ष प्रचण्डका स्वकिय सचिव समेत थिए। दाहालको २०७४ साल मंसिर ३ गते हृदयघातको कारण निधन भएको थियो।
प्रचण्ड भने सो अवसरमा निक्कै भावुक देखिन्थे। उनको अनुहारमा प्रस्टै देखिन्थो। प्रकाशको बारेमा माधव नेपालले बोल्दा होस् वा छोरी गंगाले उनी भावुक देखिन्थे।
माधव नेपालले प्रकाशको मृत्युले उहाँ (प्रचण्ड) को दाहिने हात नै भाँचिएजस्तै भो भन्दा उनी सम्हालिन खोजिरहेका थिए।
कार्यक्रममा माधव कुमार नेपाल, ऊर्जा मन्त्री वर्षामान पुनलगायत नेता तथा कार्यकर्ता उपस्थित थिए।
सबै तस्बिरहरू : नारायण महर्जन/सेतोपाटी