नेपाल कम्युनिष्ट पार्टी (नेकपाले) जनवर्गीय संगठन, विशेष कमिटी र प्रदेश सम्पर्क कमिटीको नेतृत्व टुंगो लगाएको छ।
आइतबार बसेको नेकपा सचिवालय बैठकले जनवर्गीय संगठन र प्रदेश कमिटीको इन्चार्ज सहइन्चार्ज तथा प्रदेश सम्पर्क कमिटीका इन्चार्ज, सहइन्चार्ज तथा अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँट गरेको हो।
नेकपाले बनाएका २८ वटा जनवर्गीय संगठनको टुंगो लाग्दा सचिवालय सदस्य माधवकुमार नेपालले छ वटामा ‘नोटअफ डिसेन्ट’लेखेका छन्।
उनले महिला संघ, युवा संघ, अनेरास्ववियु, नेपाल दलित मुक्ति संगठन र प्रेस संगठनको इन्चार्जमा ‘नोटअफ डिसेन्ट’लेखेका हुन्।
यी निकायहरूको कार्यविभाजन सूचीसहित
जनवर्गीय संगठनहरू
नेपाल मुस्लिम संगठन
इन्चार्ज : हकिकुल्लाह खाँ
जनसांस्कृतिक महासंघ
इन्चार्ज खगेन्द्र राई
प्रेस संगठन नेपाल
इन्चार्ज : राजेन्द्र गौतम
सहइन्चार्जः ओम शर्मा
नेपाल उद्योग व्यवसायी महासंघ
इन्चार्जः केदार न्यौपाने
सहइन्चार्जः जोखबहादुर महरा
अपागंता संगठन नेपाल
इन्चार्ज : दीपेन्द्र पुन
सहइन्चार्ज: जया घिमिरे
मानवअधिकार तथा सामाजिक अभियान नेपाल
इन्चार्ज : थममाया थापा
सहइन्चार्ज : सत्या पहाडी
खेलकुद महासंघ
इन्चार्ज :गणेशमान पुन
सहइन्चार्ज : हिक्मत कार्की
नेपाल भूमिहीन सुकुम्बासी संगठन
इन्चार्ज: रामप्रीत पासवान
सहइन्चार्ज: शान्तकुमार चौधरी
नेपाल दलित मुक्ति संगठन नेपाल
इन्चार्ज: जगत विश्वकर्मा
अखिल नेपाल किसान महासंघ
इन्चार्ज : वामदेव गौतम
सहइन्चार्जः सुनिल मानन्धर नेपाल
नेपाल बुद्धिजीवी संगठन
इन्चार्ज : अग्नीप्रसाद सापकोटा
सहइन्चार्जः टंक कार्की
पेशागत महासंघ नेपाल
इन्चार्जः पम्फा भुषाल
सहइन्चार्ज :विश्वनाथ प्याकुरेल
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन
इन्चार्ज : सन्तु दराई
सहइन्चार्ज : हरि राई
अनेरास्ववियु
इन्चार्ज : हितमान शाक्य
सहइन्चार्ज : विनोद ढकाल
नेपाल कानुन व्यवसायी संगठन
इन्चार्ज :देव गुरुङ
युवा संघ नेपाल
इन्चार्ज :महेश बस्नेत
सहइन्चार्जः दीपशिखा
ट्रेड युनियन महासंघ नेपाल
इन्चार्ज : जयपुरी घर्ति
सहइन्चार्ज: विनोद श्रेष्ठ
आदिवासी जनजाति महासंघ
इन्चार्ज: गोकुल घर्ति
नेपाल उद्योग व्यवस्थापन महासंघ र सम्बद्ध
इन्चार्ज: मुकुन्द न्यौपाने
अखिल नेपाल महिला संघ
इन्चार्ज: गोमा देवकोटा
सहइन्चार्ज : कमला रोका
प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल
इन्चार्ज: मनोज थापा
सहइन्चार्ज : तुलबहादुर गुरुङ
प्राध्यापक सम्बद्ध संगठन
इन्चार्ज: डाक्टर युवराज खतिवडा
सहइन्चार्ज: नारायण शर्मा
स्वास्थ्य सम्बद्ध संगठन
इन्चार्ज: सुजिता शाक्य
सहइन्चार्ज: नारायण शर्मा
विपद व्यवस्थापन सम्बद्ध संगठन
इन्चार्ज: गंगालाल तुलाधर
सहइन्चार्ज: सूर्य सुवेदी
यस्तै नेकपाको आइतबार बसेको सचिवालयले बैठकले टुंगो लगाएका विशेष कमिटीका ईन्चार्ज, सहईन्चार्ज, अध्यक्ष र सचिवहरूको नामावली
उपत्यका विशेष कमिटी
इन्चार्ज: लिलामणि पोखरेल
सहइन्चार्ज: भानुभक्त ढकाल
अध्यक्षः राजन भट्टराई
सचिवः लेखनाथ न्यौपाने
युवा विद्यार्थी विशेष जिल्ला कमिटी
इन्चार्ज: माधव ढुंगेल
सहइन्चार्ज: कृष्ण केसी
अध्यक्षः रमेश मल्ल
सचिवः सुनिता बराल
मजदुर विशेष जिल्ला कमिटी
इन्चार्ज: विना श्रेष्ठ
सहइन्चार्ज : कुमार पौडेल
अध्यक्षः जगत सिंखडा
सचिवः नरनाथ लुईटेल
उद्योगी व्यवसायी विशेष कमिटी
इन्चार्ज: पार्वत गुरुङ
सहइन्चार्ज : शशी श्रेष्ठ
सचिवः चन्द्र बराल
नेकपा सचिवालयको आइतबारको बैठकले अखिल नेपाल किसान महासंघको अध्यक्ष हरि पराजुलीलाई बनाउने निर्णय गरेको छ।
सोही बैठकबाट स्कुल विभागको उपप्रमुखमा वेदुराम भुषालको पनि थपिएको छ।