प्रदेश २ को नाम र राजधानीका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रस्ताव दर्ता गराएको छ। नेकपाले प्रदेशको नाम जानकी र राजधानी धनुषा सहितको प्रस्ताव दर्ता गराएको हो।
प्रदेश २ संसदीय दलका नेता सत्यनारायण मण्डलको नेतृत्वमा नेकपाले प्रदेशको नाम र राजधानी प्रस्ताव दर्ता गराएको हो। प्रदेशको नाम मिथिला राख्ने अडानमा रहँदै आएको नेकपाले संसदीय दलको बैठकबाट जानकी नाम प्रस्ताव दर्ता गराएको हो। त्यस्तै राजधानीका लागि जनकपुरधामको परिक्रमा मार्ग सहित पूरै धनुषा जिल्लालाइ प्रस्ताव गरिएको छ।
यता प्रदेशको नाम र राजधानीको प्रस्ताव के गर्ने विषयमा राजपा, समाजवादी पार्टी र नेपाली कांग्रेसको बैठक जारी छ। राजपा र समाजवादी पार्टीले सँगै प्रस्ताव दर्ता गराउने तयारी गरेका छन्।