नेपाल र चीनका परराष्ट्र मन्त्रीस्तरीय बैठक राजधानीमा जारी छ। दिउँसो चारबजेतिर दरबारमार्गस्थित होटल याक एन्ड यतिमा बैठक सुरू भएको हो।
बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेका छन् भने चिनियाँ पक्षको नेतृत्व विदेश मन्त्री वाङ यीले गरेका छन्। बैठकमा भाग लिन विदेश मन्त्री यी आइतबार नेपाल आएका थिए।
बैठकमा दुई पक्षीय सम्बन्ध, चीनले बेल्ट एन्ड रोड इनिसियटिभ्सअन्तर्गत नेपालमा लगानी गर्ने आयोजनालगायत विषयमा छलफल हुनेछ।
चिनियाँ विदेश मन्त्री यीले आजै साँझ प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्दैछन्।