नेपालका लागि २०७७ साल निकै कष्ट र त्रासपूर्ण रह्यो। २०७७ सालको शुरूआत नै लकडाउनसँगै भयो। नयाँ वर्ष नयाँ उमंग र जोशका साथ हुनुपर्ने थियो। तर, २०७७ सालको शुरूआत भने कोरोना महामारीको डर र त्राससँगै शुरू भयो।
यद्यपी वर्ष २०७७ सालमा निकै परिवर्तन भएका छन्। नेपालका लागि आफैँमा केही सन्देश बोकेको वर्षका रुपमा रहेको छ। कोरोना कहरका कारण उत्पन्न भएका स्वास्थ्य जोखिम, मानवीय सङ्कट तथा अन्योलताका बीचमा गुर्जनुपर्यो, यस वर्ष। विसं २०७६ चैत ११ गतेदेखि कोरोना भाइरसको नियन्त्रणका लागि गरिएको लकडाउनका बीच शुरु भएको २०७७ ले नेपालीलाई विपद्सँग लड्न भिड्न सकिन्छ भन्ने राम्ररी सिकाएको छ। स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ र त्यसमा लगानी बढाउनुपर्छ भन्ने सन्देश दिएको छ। सरकारले सोही आवश्यकतालाई महसुस गर्दै एकै पटक देशभर गत मङ्सिर १५ गते ३१५ अस्पताल भवनको शिलान्यास गर्यो।
यस्तै झण्डै ४० वर्षपछि राष्ट्रिय गौरवको आयोजनाको रुपमा मेलम्ची खानेपानी आयोजना करिब सम्पन्न भएको छ।
राजनीतिक रूपमा वर्ष २०७७ उथुलपुथुल रह्यो। झण्डै दुई तिहाइ जनमत प्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद चर्कियो। सोही विवाद बढ्दै जाँदा नयाँ जनादेशका लागि प्रधानमन्त्रीले गत पुस ५ गते प्रतिनिधिसभाको विघटनको सिफारिस गरे। सर्वोच्च अदालतमा लामो बहस र छलफलपछि गत फागुन ११ गते प्रतिनिधिसभा पुनः स्थापना भयो। सरकारले सर्वोच्च अदालतको फैसलालाई आत्मसात् गर्दै गत फागुन २३ गते पुनः स्थापित प्रतिनिधिसभाको बैठक बोलाइयो। तीन वर्ष पहिले एकीकृत भएका नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले ब्यूँताइदियो।
नेपालको इतिहासमा २०७७ जेठ ५ गते सङ्घीय संसद्ले गरेको निर्णय आफैँमा स्वर्ण अक्षरले लेखिएको छ। सरकारको नीति तथा कार्यक्रममा  लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा स्वीकृत गर्यो। सोही निर्णयका आधारमा जेठ ७ गते नेपालको नयाँ नक्शा सार्वजनिक गरियो। नेपालको संविधानको संशोधनमा सबै राजनीतिक दलको साझा मत रह्यो।
सरकारले गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरु गयो।
यसै वर्ष सरकारले भूमिगत गतिविधि गरिरहेको नेत्रविक्रम चन्द समूहलाई राजनीतिको मूलधारमा ल्याएको छ। गत फागुन २० गते सरकार र चन्द समूहबीच तीनबुँदे सहमति भयो।
२०७७ को असार १३ गते अफ्रिकाबाट भारत हुँदै नेपाल छिरेको सलह किराले अन्नबालीमा क्षति पुयायो भने बाढीपहिरोका कारणबाट जनधनको समेत क्षति भयो।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत ९ र १० गते बङ्गलादेशको भ्रमण गरिन्।
वर्ष २०७७ मा नेपालमा विभिन्न जात्रा तथा पर्वहरू प्रभावित भए। खेलकुदका लागि पनि वर्ष २०७७ निरासापूर्ण रह्यो।
हेर्नुहोस् तस्बिरमा













 

 



समसामयीक
.JPG)
.JPG)
.JPG)
 

 
 
.JPG)
.JPG)
.JPG)
.JPG)
.jpg)
.JPG)
.jpg)
 
 
 
 जात्रा पर्व



 

 

 

 








 

खेलकुद वर्ष २०७७



.jpg)
.jpg)

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
.jpg)
.JPG)
.jpg)
.JPG)
.JPG)
.jpg)
.JPG)
.JPG)
.JPG)
.jpg)
.jpg)
.jpg)
.jpg)
.JPG)
.jpg)
.JPG)
.jpg)
.JPG)
.jpg)
.JPG)
.JPG)
.jpg)
 
 
 
 
 
 
 
 
 
.JPG)
.JPG)
.jpg)
.JPG)
 















 







































