सरकारले जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको कार्यकाल थपेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजदूत राणाको समय तीन महिना थप्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सेतोपाटीलाई बताए।
राणा २०७४ असारमा तत्कालीन राप्रपाको कोटाबाट राजदूत बनेकी हुन्। राणा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी सासु हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाएपनि राणालाई बोलाएका थिएनन्।
माओवादी कोटामा राजदूत बनेका अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय भएकै दिन राणाको कार्यकाल थपिएको हो।