नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सकिएको छ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय बाँडफाँटलगायत विषयमा छलफल गर्ने जानकारी दिए।
कुन-कुन मन्त्रालय पार्टीले पाउने हो पहिले एकिन भएपछि मात्रै मन्त्रीहरूमा क-कसलाई पठाउने भन्ने माओवादीले निर्णय गर्ने तयारी गरेको छ। देउवाले आज सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन्।
देउवालाई सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो।
प्रचण्डले मन्त्रिपरिषद् गठनबारे आज देउवासँग छलफल गर्न लागेका हुन्। केहीबेरमा उनीहरूबीच बुढानिलकण्ठमा छलफल हुनेछ।
सरकारमा जानेलगायत विषयमा आज माओवादीले स्थायी कमिटी बैठक गरी छलफल गरेको थियो।