भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन्।
उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मोदीले नेपाल पुगेर ट्विट समेत गरेका छन्।
उनले लेखेका छन्, ‘नेपाल आइपुगेको छु। बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरूमाझ हुन पाउँदा खुसी लागेको छ। लुम्बिनीमा हुने कार्यक्रमहरूमा सहभागी हुने अपेक्षामा छु।’
मोदी र देउवाले लुम्बिनीमा पूजा गर्नेछन्।
त्यस्तै हेरिटेज सेन्टरको उद्घाटन समेत गर्ने तालिका रहेको छ।
मोदीसँग परराष्ट्रमन्त्री नारायण खड्काले शिष्टाचार भेटघाट गर्नेछन्। त्यसपछि प्रधानमन्त्री देउवा र मोदीबीच दुईपक्षीय वार्ता हुनेछ। मोदी आजै फर्किनेछन्।