मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्।
नेकपा माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी गराई उनले तेस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका हुन्।
उनले माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारीलाई नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले मंगलबार दिउँसो १ बजे सपथ लिने कार्यक्रम तोकिएको छ।
यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीन जना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए।
अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित १५ सदस्यीय मन्त्रिपरिषद हुनेछ।
दोस्रो पटक मन्त्रिपरिषद विस्तार गर्ने क्रममै मुख्यमन्त्री यादवले माओवादीलाई सरकारमा सामेल गराउन चाहेका थिए। तर दुई वटा मन्त्रालय पाउनुपर्ने भन्दै उसले मानेको थिएन।
केन्द्रीयस्तरबाट जसपा र माओवादीबीच वार्ता भएपछि माओवादी सरकारमा सहभागी भएको हो।
१ | मा. सरोज कुमार यादव, मुख्यमन्त्री | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |
माननीय मन्त्री |
२ | मा. सरोज कुमार यादव | भौतिक पुर्वाधार विकास मन्त्रालय |
३ | मा. संजय कुमार यादव | अर्थ मन्त्रालय |
४ | मा. वसन्त कुमार कुशवाहा | भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय |
५ | मा. महेश प्रसाद यादव | शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालय |
६ | मा. सुरिता कुमारी साह | सामाजिक विकास मन्त्रालय |
७ | मा. शत्रुधन प्रसाद सिंह | गृह तथा सञ्चार मन्त्रालय |
८ | मा. सिंगासन सा कलवार | खानेपानी तथा ऊर्जा विकास मन्त्रालय |
९ | मा. राजकुमार लेखी | कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय |
१0 | मा. मोहम्मद जयद आलम | महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय |
११ | मा. सुनिता यादव | उद्योग, पर्यटन तथा वन मन्त्रालय |
माननीय राज्यमन्त्री |
१२ | मा. शेख अवुल कलाम आजाद | सामाजिक विकास मन्त्रालय |
१३ | मा. केशव राय | गृह तथा सञ्चार मन्त्रालय |
१४ | मा. संजय कुमार यादव | भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय |
१५ | मा. रहबर अन्सारी | उद्योग, पर्यटन तथा वन मन्त्रालय |