प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारीलाई बालुवाटार बोलाएर छलफल गर्दैछन्। साँझ पाँच बजे बोलाइएको अनौपचारिक बैठकमा सरकारको प्रभावकारिता र नीति कार्यक्रमबारे छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
‘सरकारको प्रभावकारिता के–कस्तो छ? भनेर बुझ्न खोज्नुभएको हो,’ उनले सेतोपाटीसँग भने, ‘नीति तथा कार्यक्रम, बजेट ल्याउने बेला भएकाले त्यसमा पनि राय, सुझाव लिने कुरा भइहाल्यो।’
प्रधानमन्त्रीको सचिवालयले पनि बैठक अनौपचारिक भएको बताएको छ।
‘पार्टीको औपचारिक बैठक हुन्थ्यो भने पार्टी मुख्यालय पेरिसडाँडामै बस्थ्यो,’ प्रधानमन्त्री प्रचण्डका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले भने, ‘अनौपचारिक कुराकानी हो। सबै पदाधिकारीलाई पनि बोलाइएको छैन। प्रधानमन्त्रीले सरकारको प्रभावकारिता, नीति–कार्यक्रम, बजेट आदि बारे नै छलफल गर्न खोज्नु भएको हो।’
माओवादी केन्द्रमा २१ सदस्यीय पदाधिकारी रहेका छन्।