नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्वद्ध जनवर्गीय संगठनहरूले शुक्रबार साँझ काठमाडौंमा प्रदर्शन गरेका छन्।
नक्कली भुटानी शरणार्थीसहित विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका सबै दोषीहरूलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले ‘टोपबहादुर रायमाझी खोई?, भ्रष्टाचार जघन्य अपराध हो, आइ एम विथ प्रचण्ड’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।