सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई नियुक्त गरेका हुन्।
कार्कीले शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएसँगै उनी पद सम्हाल्न सर्वोच्च पुगेका हुन्।
सर्वोच्च परिसरको गेट नै देखि उनलाई स्वागत गर्न कर्मचारी बसेका थिए। उनलाई कर्मचारीहरूले फूल, खादा मालाले स्वागत गरेका हुन्।
शुक्रबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको थियो।
कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भएका थिए।
त्यतिबेला संसदीय समिति गठन नै नभएका कारण बिहीबारदेखि मात्रै उनको सुनुवाइ सुरू भएको थियो।
बिहीबार उनले आफ्नो वार्षिक कार्ययोजना र योग्यता प्रस्तुत गरेका थिए।
तस्बिरहरू: