भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ (रअ)का प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन्।
सोमबार भारत सरकारले छत्तिसगढ क्याडरका वरिष्ठ आइपिएस अफिसर सिन्हालाई रअको प्रमुखमा नियुक्त गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
हाल प्रमुख रहेका सामन्थ गोयलको जुन ३०मा कार्यकाल पूरा गरेपछि सिन्हाले कार्यभार सम्हाल्नेछन्। सिन्हाको दुई वर्षको कार्यकाल हुनेछ।
सिन्हा सन् १९८८को ब्याचका भारतीय प्रहरी सेवा (आइपिएस) अफिसर हुन्। अहिले उनी क्याबिनेट सचिवालयमा विशेष सचिवको रूपमा कार्यरत छन्।