भारतीय राज्य पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले विधान सभा सदस्य, राज्यमन्त्री र मन्त्रीहरूको तलब ४० हजार भारू बढाएको घोषणा गरेकी छन्।
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार बिहीबार बेनर्जीले विधान सभामा तलब बढेको घोषणा गरेकी हुन्।
यसअघि पश्चिम बंगलाका विधान सभा सदस्यले मासिक १० हजार रुपैयाँ तलब पाउँथे भने राज्यमन्त्रीले १० हजार ९ सय र मन्त्रीहरूले ११ हजार रुपैयाँ पाउने गर्थे।
उनीहरूले अरू भत्ता, सुविधा भने धेरै नै पाउँथे। सबै सुविधा जोडेर विधान सभा सदस्यहरूले मासिक ८१ हजार भारू पाउँथे। राज्यमन्त्री र मन्त्रीको सुविधा अझै बढी हुन्थ्यो।
भारतका अरू प्रान्तको तुलनामा पश्चिम बंगालका विधान सभा सदस्यको मासिक तलब कम भएकाले बढाइएको मुख्यमन्त्री बेनर्जीले बताएकी छन्।