नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले देशका सबै जिल्लामा तदर्थ समिति गठन गरेको छ।
संघका केन्द्रीय अध्यक्ष शशीकुमार केसीले ७७ जिल्लामै तदर्थ समिति गठन गरिएको सेतोपाटीलाई बताए।
‘केन्द्रले सबै जिल्लामा तदर्थ समिति गठन गरेको छ, अध्यक्ष र सचिव तोकिसकेका छौं,’ उनले भने, ‘शैक्षिक विषय र पेशागत हितमा केन्द्रित भएर अघि बढ्छौं।’
नेपाली कांग्रेसनिकट नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ तदर्थ समिति गठन भएको हो। अध्यक्ष केसीले सभापति शेरबहादुर देउवालाई जिल्लाहरूमा तदर्थ समिति गठनबारे जानकारी पनि दिइएको बताए।
उनले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएको भन्दै शिक्षकबाहेक कर्मचारीलाई पनि ऐनले समेट्नुपर्ने बताए।
सामुदायिक विद्यालयका लेखापाल, प्रशासनका कर्मचारी र सहयोगी संघमा आबद्ध रहेको उनले जानकारी दिए। उनीहरूले सामुदायिक विद्यालयका कर्मचारीले पनि निजामती कर्मचारीसरहका सेवा, सुविधा पाउनुपर्ने माग गरिरहेका छन्।
अध्यक्ष केसी लगायतले सभापति देउवा, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर विद्यालय कर्मचारीका समस्या समाधानका लागि पहल गरिदिन पनि आग्रह गरेका थिए।
कुन जिल्लामा को भए तदर्थ समिति अध्यक्ष:






