राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन्।
राष्ट्रपति पौडेलले बुधबार कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधना गरेका हुन्।
मन्दिरका मूल पूजारी जयबहादुर खड्काको उपस्थितिमा राष्ट्रपति पौडेलले करिब २० मिनेट पूजा आराधना गरेका थिए।
सो अवसरमा कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले राष्ट्रपति पौडेललाई सम्मान पत्र र मायाको चिनो प्रदान गरेका थिए।
राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट बुधबार बिहान बागलुङ बजार आइपुगेका थिए।