भुटानको आम निर्वाचनमा सत्तारूढ पार्टीको हार भएसँगै छिरिङ तोग्बे सत्तामा फर्किने भएका छन्।
लिबरल पिपल्स डेमोक्रेटिक पार्टी (पिडिपी) ले बहुमत प्राप्त गरेसँगै नेता छिरिङ तोब्गे प्रधानमन्त्री बन्ने भएका हुन्।
यसअघि ड्रुक न्यामरूप छोग्पा पार्टीबाट लोते छिरिङ प्रधानमन्त्री थिए।
आम निर्वाचनमा ४७ मध्ये ३० सिट जितेसँगै पिडिपी सत्तामा आउन लागेको समाचार संस्था अलजजिराले जनाएको छ।
नोभेम्बरमा भएको पहिलो चरणको निर्वाचनमा सत्तारूढ ड्रुक न्यामरूप छोग्पा पार्टीसहित तीन वटा पार्टी प्रतिस्पर्धाबाट बाहिरिएका थिए।
पिडिपीले बहुमत प्राप्त गरेपछि तोब्गे पाँचवर्षे कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन्।
यसअघि उनी सन् २०१३ देखि २०१८ सम्म प्रधानमन्त्री थिए।
बुधबार निर्वाचनको मतपरिणाम भुटानको निर्वाचन आयोगले सार्वजनिक गरेको हो।
विपक्षी दल भुटान टेन्ड्रेल पार्टी (बिटिपी)ले भने १७ सिट मात्रै जितेको छ।
तोब्गेले सन् २००७मा पिडिए पार्टी स्थापना गरेका थिए।
तोब्गेले चुनावी प्रचारप्रसारको अभियानमा आर्थिक वृद्धि गर्ने र बेरोजगारी घटाउने वाचा गरेका थिए।