पाकिस्तानको १४औं राष्ट्रपतिमा आशिफ अलि जरदारी निर्वाचित भएका छन्।
शनिबार भएको निर्वाचनमा ६८ वर्षीय उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएको समाचार संस्था द डनले जनाएको छ।
महमुद खान अचकजईलाई पराजित गर्दै जरदारी राष्ट्रपति बनेका हुन्।
जरदारीलाई सत्तारूढ दलहरू पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र पाकिस्तान मुस्लिम लिग-नवाज (पिएमएल-एन)को समर्थन थियो।
अचकजईलाई पूर्व पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक-इ-इन्साफ (पिटिआई)का सांसदहरूसहित सुन्नी इतिहाद काउन्सिल (सिआइसी)को समर्थन थियो। पिटिआईका उम्मेदवारहरूले स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए।
जरदारी यसअघि सन् २००८ देखि सन् २०१३ सम्म ११औं राष्ट्रपति बनेका थिए।
उनी पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनोजिर भुट्टोका श्रीमान हुन्। बेनोजिरको सन् २००७ डिसेम्बर २७ मा रावलपिण्डीमा हत्या भएको थियो।