नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित भएका छन्।
सोमबार भएको निर्वाचनमा आचार्यले दुई सय २९ मत प्राप्त गरी विजयी भएका हुन्।
अध्यक्षका अन्य तीन जना प्रत्यासी चेतनाथ सञ्जेलले एक सय ५४ मत, दिनेश कार्कीले ८१ मत र सुवर्ण श्रेष्ठले ९ मत प्राप्त गरेका थिए।
चैत २३ गतेदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशनमा नेतृत्व चयनमा सहमति नभएपछि सोमबार निर्वाचन भएको हो।
पदाधिकारीतर्फ उपाध्यक्षमा मञ्जली शाक्य, सचिवमा राम राउत, उपसचिवमा प्रभाकर थापा र आशा राई निर्वाचित भएका छन्।
उपाध्यक्षमा शाक्यले एक सय ७३ मत प्राप्त गरेकी थिइन्। शाक्यकी निकटतम् प्रतिद्वन्द्वी हरिगोविन्द श्रेष्ठले एक सय १५ मत प्राप्त गरेका थिए।
कूल चार सय ७८ मतदातामध्ये चार सय ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ।