गण्डकी प्रदेश सभाको बैठक आह्वान भएको छ।
बुधबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा बैठक आह्वान गरेका हुन्।
वैशाख ७ गते शुक्रबार ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले बैठक आह्वान गरेका हुन्।