सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गरेपछि नेपाली कांग्रेस र नागरिक उन्मुक्ति (नाउपा) का सांसदहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन्।
कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहसहितका सांसदहरूले प्रदेश प्रमुख नाजिर मियाँलाई भेट्न आएको बताएका छन्।
नाउपाका पाँच जना सांसदहरूले सोडारीलाई आफ्नो समर्थन नरहेको जानकारी प्रदेश प्रमुख मियाँलाई गराएको एक नेताले बताए। उनीहरू नाउपाका संरक्षक रेशम चौधरी पक्षका हुन्।
माओवादी केन्द्र, नेकपा (एमाले), नाउपा र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। सोडारीको पक्षमा नाउपाका दुई सांसद मात्र खुलेका छन्। उनीहरू पार्टी अध्यक्ष रञ्जिता पक्षका हुन्। तथापि प्रदेश प्रमुखलाई बुझाएको पत्रमा माओवादी केन्द्रका १०, नेकपा (एमाले) का १०, नाउपाका ७ र स्वतन्त्र सांसद जोशीको समर्थन रहेको उल्लेख छ।
यो पनि:
सुदूरपश्चिम मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीले गरे दाबी