सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी भएको छ।
बलरा नगरपालिका-६ मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जलेको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए।
आगलागीमा दुई जना घाइते भएका छन् भने ६ लाख रूपैयाँ बराबरको क्षति भएको श्रेष्ठले जानकारी दिए।
बिजुलीको तार सर्ट भएर आगलागी भएको हो ।
घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित दुई जना घाइते भएका हुन्।
घाइतेको दुवै हात र खुट्टा जलेका प्रहरीले जनाएको छ।
अर्का स्थानीय २३ वर्षीयका राज मङ्गलको दाहिने हात जलेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
गएराति नै जिल्लाको कविलासी नगरपालिका–२, पिपरियामा भएको आगलागीबाट स्थानीयको ८० हजार मूल्य बराबरको परालको कुन्यू नष्ट भएको छ।
आगलागीबाट सोही स्थानका वारिस शेख, ह्रदय राय, बहादुर राय र विजिन्दर पासवानको कुन्यू जलेको हो।
दुवै स्थानमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वारुणयन्त्रको सहायतामा निभाइएको थियो।