बझाङमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले पहिलो पटक अग्रता लिएका छन्।
मतगणना सुरू भएदेखि नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले अग्रता लिएका थिए। आइतबार रातिसम्म कडा प्रतिस्पर्धा देखिएकोमा सोमबार बिहान कांग्रेसले अग्रता लिएको हो।
सोमबार बिहान कांग्रेसका सिंह १५१ मतान्तरले अगाडि देखिएका छन्।
उनले ६ हजार ८५३ मत पाएका छन्। दोस्रो स्थानामा रहेका एमालेका भण्डारीले ६ हजार ७०२ मत ल्याएका छन्।
त्यस्तै, माओवादी केन्द्रका जनकबहादुर बुढा २ हजार ८२२मत ल्याएर तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २०९१ मत पाएका छन्।
मतगणना जारी छ।
यहाँ शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए।
२०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर जितेका थिए। यहाँ एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए।त्यस बेला यहाँ तत्कालीन सत्ता गठबन्धनबाट कांग्रेसका सिंह साझा उम्मेदवार थिए।