बझाङको प्रदेश सभा क्षेत्रमा भएको उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ।
यहाँ नेकपा (एमाले) र नेपाली कांग्रेसबीच कडा टक्कर देखिएको छ।
पछिल्लो मतपरिणामअनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारीले झिनो मतले अग्रता लिएका छन्। कांग्रेस उम्मेदवारभन्दा एमाले उम्मेदवार भण्डारी ९ मतले अघि छन्। यहाँ भण्डारीले १०३६३ मत ल्याएका छन्।
कांग्रेसका अभिषेकबहादुर सिंहले भण्डारीलाई पछ्याइरहेका छन्। सिंहले १०३५४ मत ल्याएका छन्।
माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३७१३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २४३७ मत ल्याएका छन्।
२०७९ को चुनावमा गठबन्धन गरेर यहाँ कांग्रेसले जितेको थियो।