इलाम–२ को प्रतिनिधि सभा उपचुनावअन्तर्गत् जारी मत गणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले ३९६० को अग्रता लिएका छन्।
माई नगरपालिकाको वडा नम्बर ६ को मत गनिसक्दा सुहाङले ११ हजार ६१९ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ६५९ मत ल्याएर सुहाङलाई पछ्याइरहेका छन्।
तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम छन्। उनले ७ हजार ४५२ मत प्राप्त गरेका छन्।
चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ५९६ मत ल्याएका छन्।
१ लाख १५ हजार ८८९ मतदाता मध्ये शनिबार भएको चुनावमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए। इलाममा अहिलेसम्म २९ हजार १५२ सदर मत गणना भएको छ।
२०७९ को चुनाव यस क्षेत्रमा एमाले उम्मेदवार सुवास नेम्वाङले जितेका थिए।