इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ।
अहिले देउमाई नगरपालिकाको मतगणना चलिरहेको छ। देउमाई वडा नम्बर ५ को मतगणना भर्खरै सकिँदा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो पारेका छन्।
नेम्वाङले अहिलेसम्म १६९४४ मत पाएका छन्।
उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ११२७३ मत पाएका छन्।
नेम्वाङ र खड्काबीचको मतान्तर ५६७१ छ।
तेस्रो स्थानमा रहेका मूढा चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९०४४ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले २८०३ मत पाएका छन्।
सोमबार साँझ ६ बजेसम्म ४१ हजार ९ सय ४७ मत गणना भइसकेको छ।
निर्वाचन आयोगका अनुसार ५६४ मत बदर भएको छ।
१ लाख १५ हजार ८८९ जना कुल मतदाता भएको यहाँ शनिबार भएको निर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो। अब २७३४० मत गणना हुन बाँकी छ।
२०७९ को चुनावमा यो क्षेत्रबाट एमाले उम्मेदवार सुवास नेम्वाङ विजयी भएका थिए। उनको निधनपछि उपनिर्वाचन भएको हो।