नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन्।
महत एक सय ९४ मतसहित विजयी भएको सचिव मानबहादुर रोकायाले बताए।
कूल तीन सय ३४ जना प्रतिनिधिमध्ये अध्यक्षका प्रत्यासी धीरेन्द्रराज गिरीले एक सय ३५ मत प्राप्त गरे। महत यसअघि पनि जिल्ला कमिटी अध्यक्ष नै थिए।
उपाध्यक्षमा प्रेमबहादुर बुढाले एक सय ८७ मत प्राप्त गरे भने प्रतिस्पर्धी पदम बुढा एक सय ३८ मत ल्याएका थिए।
सचिवमा मानबहादुर रोकायाले एक सय ७९ मत र प्रतिद्वन्द्वी आदीप्रसाद न्यौपानेले एक सय ४१ मत ल्याएका छन्।
उपसचिवमा धनबहादुर बुढाले एक सय ७९ मत र प्रतिद्वन्द्वी धर्मेन्द्र रोकायाले एक सय ४१ प्राप्त गरेका थिए।
महिला उपसचिवमा मेनका रेग्मीले एक सय ७४ मत र सुशीला भट्टराईले एक सय आठ मत प्राप्त गरेको एमाले जुम्लाले जनाएको छ।