मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी सर्वसम्मत चुनिएका छन्।
संघको ६७ औं साधारण सभाबाट राठी सर्वसम्मत अध्यक्ष बनेका हुन्। उनी संघको नाम फेरिएपछिको पहिलो अध्यक्ष पनि बनेका हुन्। यसअघिको नाम मोरङ व्यापार संघलाई फेरेर यसै बर्ष मोरङ उद्योग व्यापार संघ बनाइएको थियो।
संघका वर्तमान अध्यक्ष नविन रिजालको नेतृत्वमा रहेको कार्यकारिणी समितिको दुई वर्षे कार्यकाल सकिएपछि साधारण सभासँगै निर्वाचन पनि सम्पन्न भएको हो।
अनिलकुमार साह वरिष्ठ उपाध्यक्ष बनेका छन् । बरिष्ठ उपाध्यक्ष भएसँगै उनी दुई वर्षपछि स्वतः अध्यक्ष हुनेछन्।
उपाध्यक्षमा विकाशकुमार बेगवानी र अनिल सारडा चयन भएका छन्। संघको महासचिवमा संजय श्रेष्ठ, सचिवमा अमित सारडा, कोषाध्यक्षमा राजेश बगडिया अग्रवाल चयन भएका छन्।
सदस्यहरूमा दिपेश सुवेदी, सुशिल सुराना, विवेक अग्रवाल, मनिषकुमार मारु, देवाशिष गोल्छा, विनित सिंघानिया, अमित राठी, आशिष जाजु, पवन राठी चयन भएका छन्।
त्यसैगरी गोपाल अग्रवाल, ओमप्रकाश शर्मा, कृष्णप्रसाद रिजाल, बन्दना जैन, धिरज मोहता, विनोद बोहरा, डा। दिपेन्द्र नौलखा, पंकज गोयल, संजिव श्रेष्ठ पनि संघमा कार्यकारिणी समितिको सदस्य चयन भएका हुन्।
२००८ सालमा स्थापित मोरङ व्यापार संघको ७२ वर्षको लामो इतिहास छ। संघले आफूलाई देशकै पहिलो संघ भनेर दाबी गर्दै आएको छ।