नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ।
मीनभवन आलोकनगरस्थित पार्टी कार्यालयमा केही बेरअघि सचिवालय बैठक सुरू भएको एकीकृत समाजवादीले जनाएको छ।
पार्टीको आसन्न दसौं महाधिवेशनबारे छलफल गर्न सचिवालय बैठक बसिरहेको हो।
यसैबीच एकीकृत समाजवादीले आगामी शनिबार स्थायी कमिटीको बैठक बोलाएको छ। त्यसको कार्यसूची तय गर्न पनि सचिवालय बैठक बसेको प्रचार विभागले बताएको छ।
यसका अतिरिक्त विकसित राजनीतिक अवस्थाबारे पनि बैठकमा छलफल हुनेछ।