कोशी प्रदेश सरकारले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरिसकेको विषयबारे प्रदेश प्रमुखलाई फेरि सम्झाउने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ११ गतेलाई बजेट अधिवेशन आह्वान गरेको विषय प्रदेश प्रमुखलाई पुनः स्मरण गराउने निर्णय गरेको हो।
यसअघि नै सरकारले बजेट अधिवेशन आह्वानको सिफारिस गरेको थियो। तर, त्यसअघि नै प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादीको समावेदनका आधारमा वैशाख ६ गते विशेष अधिवेशन आह्वान गरेका थिए।
वैशाख ७ मा प्रदेश सभाले मुख्यमन्त्री केदार कार्कीविरूद्ध संकल्प प्रस्ताव पारित गरेको थियो।
प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई दबाब दिइरहेका बेला सरकारले संसद अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाइ स्मरण गराएको हो।
एमाले र माओवादीका नेताहरूले नयाँ सरकार बनाउन प्रदेश प्रमुखलाई दवाव दिइरहेका बेला कोशी सरकारले यो निर्णय गरेको हो।