नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ।
सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो १ बजे संसदीय दल कार्यसमिति र २ बजे संसदीय दल बैठक राखेका थिए।
तर बैठक शुक्रबारका लागि सरेको छ।
शुक्रबार बिहान ८ बजे दल कार्यसमिति र ८:३० बजे संसदीय दल बैठक बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा हुनेछ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, संविधान सभा सदस्य सूर्यमान गुरूङको वैशाख २५ गते निधन भएको र बिहीबार अन्त्येष्टि गरिने भएकोले कांग्रेसले संसदीय दल बैठक स्थगित गरेको हो।