बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले नवलपुरमा अभिमुखीकरण गरेको छ।
नेसपा महाधिवेशन आयोजक समितिले केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम गरेको हो।
शुक्रबार र शनिबार देवचुलीस्थित नवलपुरमा अभिमुखीकरण कार्यक्रम हुने भएको हो।
महाधिवेशन आयोजक समिति संयोजक भट्टराईले वैकल्पिक राजनीतिको सैद्धान्तिक र वैचारिक पक्षको मार्गनिर्देशका विषय प्रशिक्षण दिनेछन्।
प्रचार प्रसार तथा सूचना प्रविधि (आईटी) बारे पनि प्रशिक्षण दिने तयारी छ।
जनपरिचालनबारे, कानुन, न्याय, स्थानीय तह र सरकारबारे विभिन्न व्यक्तिहरुले प्रशिक्षण दिने नेता रुपनारायण श्रेष्ठले जानकारी दिए।