सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दल कांग्रेस र एमाले बीच मन्त्रालयको भागबण्डा टुङ्गो लागेको छ।
कांग्रेसले पाउने २ मन्त्री र २ राज्यमन्त्री, एमालेको ३ र नागरिक उन्मुक्ति पार्टीले पाउने एउटा मन्त्रालयको टुंगो लागेको हो।
कांग्रेसले आर्थिक मामिला मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाउने भएको छ।
कांग्रेसले पाएको दुई मन्त्रालयमा मेघराज खड्का र बहादुरसिंह थापालाई पठाउने भएको छ। खड्का सामाजिक विकासमन्त्री सिंह आर्थिक मामिला मन्त्री बन्ने भएका छन्। त्यस्तै प्रकाश बम र सरस्वती खड्कालाई राज्यमन्त्री बनाउने निर्णय भएको छ।
एमालेको भागमा भौतिक पूर्वाधार विकास मन्त्रायल, भूमि व्यवस्था र कृषी तथा सहकारी मन्त्रालय परेको छ।
एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्की यस अघि मन्त्री भएका थिए। यसपालि पनि उनीहरूलाई नै दोहोर्याउने तयारी छ।
हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुरेन्द्र पाल भौतिक पूर्वाधार मन्त्री र वीरबहादुर थापा पातल भूमि व्यवस्था तथा कृषि मन्त्री बन्ने भएका छन्।
२ बजेपछि बसेको संसदीय दल बैठकले निर्मला साउदलाई राज्यमन्त्री बनाउने निर्णय पनि गरेको छ।
नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बन्ने पक्कापक्की भइसकेको छ।
मुख्यमन्त्री र मन्त्रीहरूको शपथ सोमबार दिउँसो ३ बजे राखिएको छ।
*यसअघि तस्बिर अन्यथा परेकाले परिमार्जन गरिएको छ।