व्यक्ति हत्या आरोपित लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मीले पदबाट राजीनामा दिएका छन्।
मंगलबार बेलुकी उनले मुख्यमन्त्री समक्ष राजीनामा पत्र बुझाएका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री कुर्मीले पदबाट राजीनामा बुझाएको सेतोपाटीलाई बताए। तर, सोबारे पत्र भने बुधबार मात्रै आफूसमक्ष आइपुग्ने उनले बताए।
कुर्मी नेपाली कांग्रेसको नेतृत्व गर्दै सरकारमा सहभागी भएका थिए।
उनी साउन ७ गते मन्त्री भएका थिए।
हत्या आरोपितलाई मन्त्री बनाएको भन्दै विरोध हुँदै आएको छ। उनीमाथि बाँकेकी निर्मलादेवी कुर्मीको हत्या आरोप छ।
उनलाई तत्काल हटाउनुपर्ने माग राख्ने बाँकेका केही अभियन्ताहरू काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्।