कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।
बाढीपहिरोबाट प्रभावितहरूको राहतका लागि कर्णाली प्रदेश सरकारले कोषमा सहयोग रकम दिने निर्णय गरेको हो।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै सहयोग रकम उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले बताए।