प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षापछि भएको जनधनको क्षतिका विषयमा केन्द्रित रहेर मंगलबार पत्रकार सम्मेलन गरे।
मुख्यसचिव एकनारायण अर्यालले बाढीपहिरोले करिब १७ अर्बको क्षति पुगेको जानकारी गराएपछि प्रधानमन्त्री ओलीले पत्रकारहरूका प्रश्न लिएका थिए।
पत्रकारहरूका प्रश्नमाथि जबाफ दिएका ओलीले यसप्रकारको वर्षा र जनधनको क्षति होला भनेर नसोचिएको बताएका छन्।
‘अचानक आइपर्यो, हाम्रो तयारी यसप्रकारणको परिस्थितिका लागि थिएन,’ प्रधानमन्त्री ओलीले भने, ‘यसप्रकारको वर्षा होला र पहिरो जाला तथा क्षति होला भन्ने थिएन। यति धेरै भौतिक र मानवीय क्षति होला भन्ने अनुमान थिएन।’
बाढीपहिरोमा परेर अहिलेसम्म २१९ जनाको मृत्यु भएको छ।
प्रधानमन्त्री ओलीले अहिले जनता पीडामा रहेकोले उद्धार, राहत र पुनर्स्थापनामा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। उनले विपदलाई राजनीतिक रङ नदिन पनि आग्रह गरेका छन्।
भिडिओ: