नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको निर्णयअनुसार कांग्रेसले बाढीपहिरो र डुबानपीडितका लागि राहत प्रदान गर्न ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।
सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूको उपस्थितिमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।
सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्री ओलीलाई बुझाएका छन्।
प्रधानमन्त्री ओलीले कांग्रेसले दिएको सुझाव मननीय भएको प्रतिक्रिया दिएका छन्।
कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्वतयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरिएको जनाएको छ।