भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल साउदी अरेबियाको रियादबाट आज फर्किंदै छन्।
उनी दिउँसो सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन्।
२ देखि ४ नोभेम्बरसम्म भएको सडक सुरक्षासम्बन्धी सम्मेलनका लागि नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गरि दाहाल शुक्रबार रियाद गएका थिए।
सम्मेलनमा मन्त्री दाहालका सल्लाहकार हर्कराज राई र सूचना प्रविधि विज्ञ मनोज दाहाल पनि सहभागी थिए।
इन्टरनेशनल रोड फेडेरेसन, आइआरएफ ग्लोबल र साउदी अरेबियाको यातायात मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधि एवं विज्ञले सडक सुरक्षासम्बन्धी कार्यपत्र पेश गरी छलफल भएको थियो ।